पर्देशिको दशै~

२०७५, ६,२६ शुक्रबार !


आज दिन यसै यसै खल्लो लागिरहेको थियो!
केहिमा पनि मन लाग्न सकेको थिएन !
न काममा जाने रहर थियो न कुनै उत्साह !
हालात जस्तो भए पनि बाध्यता थियो पसिना संग रुपयां साट्ने !

"मन तेसै धुम्मिएको दिन झै भएको थियो"

न बेलुकी खान मन लाग्यो !
न कोहि इस्ट मित्र संग केहि बोल्न !
यसै यसै टोलाउदै बसिरहे झ्याल बाट बाहिर हेर्दै !
रमझम शहर ~जिवनको ब्यस्तता~ अनि त्यही बयस्तता बाट खोजेको मान्छेले सफलताको बिन्दु !

यतिकैमा मेरो टोलाइलाइ भङ्ग गर्दै~ चिसो हावाको झोकाले मलाई हान्यो ! झसङ्ग भए !

"यस्तै कुरा मनमा खेलाउदा खेलाउदै रातको ११ बजि सकेछ"

भोलि ६ बजे बाट ड्युटी जानू छ ! अब सुत्न पर्छ !
अब सुत्न लाई ध्यानाकर्षण गराउन थालियो मगजलाइ !
तर, आफ्नो दिमागले सोचे जस्तो काहा हुदो रैछ र !
जब दिल बेचैन भैदिन्छ !
यस्तै यस्तै कुराहरु खेलाउदा खेलाउदै कतिबेला निन्द्रा परेछ थाहै भएन !

"हरेक रात संगै बितेका बात बितिजान्थे तर त्यो रात त्यस्तो भएन!"

सपनिमा बितेका बात फिलिमको रिलमा झै आखाको सामु नाचिरहे छर्लङ्ग श्र्ब्य दृश्यमा"


" आज फेरि माथी डाडा सल्लाको अजङ्गको बरको रुख ढल्यो"
- जहाँ हामी मेलापात गर्दा भारी बिसाउने गर्थेउ !
" यतिकैमा काल्ना तल तिरको बाटोमा-

खै के भेएको मान्छेहरुको भिड एकतृत भएको थियो !
मान्छेहरुमा खैला बैला मच्चिएको थियो !

कोहि भन्दैथिए ~ यस्तै हो दैबको लिला !
भाभि संग कस्को के नै लाग्छ र?
र, कोहि भन्दैथिए ~ कठै, रामाइलो गर्ने उमेर लाउला खाउला भन्ने बेलामा टपक्कै टिप्यो पापी दैबले!"

त्यही भिडमा मैले मेरि आमा देखे !
अलि मजाले नियालिन~ केही बोल्न नपाइ मुर्क्षित परिन !
म आतिए ! फेरि खैला बैला मचियो !
कसैले आमाको हात पाउ मुसार्दिए !
कोहि पानी ल्याएर छम्किन थाले !
तर, यो सब बाट भयभित भएको म !
म कहाँ थिए आफुले आफैलाउ खोज्न थाले!
"म त्यही भिडमा बल्ल होस खुल्दै मेरि आमाको अघाडी मुर्क्षित भएर लडेको थिए !
थाहा पाए ~ मुर्क्षित भएर यसै लडेको म !
बल्ल थाहा पाए म मरेको थिए !"


म आत्तिए ! सास फेर्न गाह्रो भयो !
केही गर्हौ चिजले थिचे झै भयो !
कसैले यसरी समायो म निशासिए !"

बिचलित भएको म एक्कसी आमा भन्दै बिउझिए !
शरीर भरी पसिनै पशिना ! घाँटी सुकेको थियो!
अब फेरि भित्र बाट उकुसमुकुस भएर आयो !
लौन, दशैको छेक ! गाउमा- घरमा केही भयो कि?
घरमा आमा के भयो कुन्नी !


"बिदेशिनु रहर थिएन बाध्यता भैदियो !
फुकाउनु थियो साहुको ऋणको पोको ,
अनि आमाको मुहारमा खुसी देख्ने धोको"

"यसैका लागि हर दिन म आफ्नो जवानिलाइ पैसामा बेचेर खुसिहरु किन्दै थिए"

मन बेचैन थियो~
मिर मिर उज्यालो भयो~
घरमा फोन लगाए ! उठेन !
अब झन उकुस मुकुस भएर आयो !
फेरि फोन लगाए ! ५ -६ पटक गरिसकेसी !
फोन उठ्यो !
बुढेली आवाज आयो~ हेल्लो !
म- हेल्लो आमा, नम्स्कार ! के छ खबर?
घर गाउँ सबै के छ खबर !

" यति नसोधी मन थिर भएन !
आमाले नि सबै ठिकै भएको बताउनु भयो !
सपनाको कुरा गर्न मन लागेन~बुढा बुढी मान्छे पिर लिने हो कि मनमा लाग्यो !"
अनि फेरि मैले सोधे :-
"आमा अनि दशै कस्तो आयो त?"
"दशै त हरेक साल आउँछ बाबू, त पो आउदैनस त !" आमाले भन्नू भयो !

म निसशब्द भए !
भित्र कतै दुख्यो !
गलामा केही अड्किएझै भयो !
आवाज आएन~ मानौ जन्म यता मेरो मुख बाट एक शब्द नै निस्केको छैन!
आखाका डिल टिलपिल भए !

* फोनमा बोल्न केही सकिन- एक छिन मौन रहे "

"दशै तिहारका बखत हुने रमाइलो,
देउराली, चैतारी,डाडा पाखा,चोक ,साथिभाइ घरपरिवार सबै एकै पटक समुन्ने आए र पलभर मै बिलाएर गए !"

मन थामे,
आसुलाइ मरुभुमिको तातो हावामा सुकाउदै,
ओठमा फुस्रो मुस्कान लिएर" भने
आमा यसपाला यस्तै भयो ~
छुट्टी मिलेन ! सायद पैसा नि बडाइदिन्छ क्यार !

"यति नभन्दै गला रोकिएला झौ हुँदै आयो"

एकै सासमा भनिहाले ~आमा पैसा सकिएछ ! पछि फोन गर्छु है !
"फोन राख्न नपाउदै मन भक्कानियो~आँखा भरिए !
पर्देशिएको उदास मन लिदै~ बेरङ्ग हासो अनुहारमा लिएर !
सदाझै, आफ्नो नित्य कर्म गर्न थाले !












Comments

Popular posts from this blog

"पर्देशमा दशै" (कथा)

"त्यो झरी ~ अनि उनी" (कथा)