'त्यो झरि ~~ अनि उनी'

भलाद्मिको ब्लगमा स्वागत छ तपाइलाइ...






    झरिको समय श्रावण महिना~~

    सधै जसो म आफ्नो अफिस तर्फ लाग्दै थिए,
    आकाशमा कालो बादल ~चिसो मौसम,केही क्षण अगि सम्म पानी परिरहेको थियो~पानी रोकिएपछी म हतार हतार मा अफिस दैडदै थिए ! तेहि हतारले गर्दा कोठाबाट छाता बोक्न भुलेको थिए,
     आज ढिला भएको त छदै थियो तेसमाथी भनेको समयमा बस नआइदिनाले म अझ झन ढिला भइ रहेकोले आफैले उक्त आउने बसलाइ "कति, ढिला गरेको हो आज गाडी आउन भनी" मनमनै गाली पनि गर्दै थिए !

    पानी फेरि छिट्याउन थाल्यो ~यसले सिमसिमे पानीको रुप लियो !
    "यो तुर्केनी~कुकुरको मुत कति पर्न सकेको हो ' मन मनै भन्दै थिए (धेर पानी पर्यो भने यहि भनेर आमा पानीलाइ गाली गर्ने गर्नुहुन्थियो)

    एतिकैमा एक युवती रुझ्दै म बसेको बस स्टेन्डमा आइपुगी~
    हातमा चेपेको Hend bag अनि एउटा झोला देख्दा ठुलै थियो !
    'कर्ली केश~हसिलो मुहार~मिलेका दात~अनि उस्ले लाएको त्यो सेतो भेस्ट ~जिनको पाइन्ट~मोटि भए नि मिलेको जिउडाल"
    मेरो एक नजरले एति सम्म नियालन भ्याइसकेको थियो !

    छेउमा आएर उ उस्को केशलाई हातको साहाराले झटकार्दै थिइ ! सायद रुझेको केशलाई पानीबाट छुटकारा दिदै थिइ'

    "एतिकैमा म गाडी नआएर साथिलाइ मलाई पिक गर्न है भनेर भन्नलाइ फोनको Contact list मा साथिको नम्बर हेर्दै थिए"

    उस्ले झटार्केको केशको पानी मेरो मुहारमा आएर ठोकियो,
    म झल्यास्स भए~ 'आच्छि" सायद ठुलै स्वरमा भनेहोला !
    उ म तिर फर्की र नम्र स्वरमा भनी "sorry है"

    रिस त उठेको थियो भन्न मन थियो "के हो पारा~एता उति हेरेर गर्नु नि " तर भनिन,
    फिस्स हासेर टाउको हल्लाइ दिए !
    एतिकैमा बस आइपुग्यो बस तिर अघि बड्न लागेको थिए,

    उस्ले भनी सुन्नु न यो ब्याग त्या गाडी सम्म लान हेल्प गरिदिनु न ~
    मनमनै एक मनले सोचे के खाल्को केटि रैछ~न चिनेको,न जानेको~ततिकै bag उठा भन्छ"
    फेरि अर्को मनले भन्यो "ह्या गरिदिउन त help के नै हुन्छ र'
    एतिकैमा मैले नबोली त्यो bag गाडी मा लगिदिए !
    गाडी अघि बड्न थाल्यो अघाडिका सिट सबै प्याक !

    "मलाइ यो अवस्था नौलो थिएन प्राय अफिस जादा म उभिएर नै जाने गरेको थिए "
    उस्ले भन्दै थि कन्टेक्टरलाइ दाइ खै सिट ~का बस्ने म~एस्तै हो भने त आधा भाडा मात्र दिन्छु नि' उ हासी !

    "कति बोल्न सकेको होला ~मैले मनमनै भने"

    म चडेको अघिल्लो स्टेण्डमा बस रोकियो , दुई जना झरे एतिकैमा हतपत गएर उ त्या बसि"

    फेरि पनि मनमनै भन्न बाद्य भए "कैले बस्न नै नपाए जस्तो"

    म आफ्नै सुरमा थिए, एतिकैमा आवाज आयो
    "oh,hello देबदास"
    मैले वास्ता गरिन~गर्न जारुरी नि ठानिन !

    फेरि पनि आवाज आयो
     "oh, hello" !

    आवाज आए तिर हेरे "तेहि केटि छ जस्लाइ मैले बस स्टेण्डमा भेटेको थिए,"
    मैले हातको इशाराले भने~ को ? म!
    उस्ले इशारामै टाउको हल्लाएर भनी "umm"
    फेरि नि इशरामामै कुरा भयो "किन?"
    उस्ले नि तेसै गरि भनी "सिट खाली छ~बस्नु नि आएर"
    "एतिकैमा गाडी अगि बड्यो"

    अप्ठेरो त लागिरहेको थियो तर नि अझै ४५ मिनेटको बाटो उभिएर जानू कसरि सोचे~इशरामा नै भने फेरि "ल हुन्छ भनेर"

    गएर बसेको मात्र के थिए "उस्ले ~भनि अफिस हो?

    मैले भने "हो" भनेर भन्न नपाउदै उस्ले सोधिहाली !

    "प्रेममा धोका पाएर हो ~दारी पालेको"? उ फिस्स हासी,

    झनक्क रिस उठ्यो ~रिस साम्मे पार्दै मैले भने~
    "के दारी Love faluer ले मात्र पाल्ने हो भनेर कहि लेख्या छ "

    फेरि उस्ले भनी~"हैन, मैले सुन्या थे के ,तेहि भएर भ्न्या हो"

    एस्तै केही कुरा हरु हुँदै गर्दा मेरो स्टेन्ड नि आइपुग्यो म उत्रीए !




    "आज पनि झरिको समयमा~अनि त्यो बस स्टेण्ड पुग्दा,
    तेहि कर्ली केशवाली मोटि याद आउने गर्छे"




Comments

Popular posts from this blog

"पर्देशमा दशै" (कथा)

"त्यो झरी ~ अनि उनी" (कथा)